रेडियो अडियो

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

2018/11/19   gufgaf

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा आउने अभिनेत्री हुन् साम्रज्ञी राज्य लक्ष्मी शाह । केही वर्ष व्यापारी मयंक खड्कासँग प्रेममा रहेकी साम्राज्ञीले मयंकले आफूमाथि शंका गरेको भन्दै केही समय अगाडि मात्रै ब्रेकअप गरिन् । साम्राज्ञीसँग ब्रेकअप भएपछि मयंकले साम्राज्ञीले आफूमाथि शंका गरेको संकेत एउटा स्ट्याटसबाट दिएका थिए । उनले मैले शंका गरेँ रे कति हास्नु भन्दै फेसबुकमै स्ट्याटस हालेका थिए । यो ब्रेकअपले मंयंकलाई त केही असर गर्यो होला तर साम्राज्ञीको हकमा त्यस्तो देखिएन ।  

ब्रेकअपको बारेमा बोल्दै साम्राज्ञीले जीवनमा यस्ता व्यक्तिहरु आउने जाने भन्दै मयंकसँगको ब्रेकअप र सम्बन्धलाई हल्का रुपमा लिएको प्रस्ट पारेकी थिईन् । हुन पनि उनलाई मयंकसँग अलग्गिएर कुनै असर परेको छैन । उल्टो उनी मयंकसँग अलग भएको केही समयमै नयाँ प्रेमीसँग रमाईरहेको विशेष स्रोतले जनाएको छ । साम्राज्ञीले अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्ध गाँसेको चर्चा सिने नगरीमा चलेको छ ।केही महिना अगाडि जापानमा आयोजना भएको एक अवार्ड समारोहबाट फर्कने क्रममा साम्राज्ञीका प्रेमी उनलाई लिन त्रिभुवन विमानस्थलमा पुगेका थिए । सो समयमा विमानस्थल बाहिर रहेका पत्रकारबाट छलिन साम्राज्ञीले अन्य नायिकासँग मुख र टाउको ढाक्नका लागि कपडा मागेको चर्चा पनि सिने नगरीमा चलेको थियो ।

त्यस्तै साम्राज्ञीले आईतबार आफ्नो जन्मदिन पनि नयाँ प्रेमीसँग मनाएकी छिन् । साम्राज्ञीले नयाँ प्रेमी देवांश जंगबहादुर राणाको घरमा यस पटक आफ्नो जन्मदिन मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि नै देवांशको घरमा पार्टी शुरु भएको थियो । यस पार्टीमा साम्राज्ञीका केही नजिकका साथी मात्र उपस्थित थिए । आफ्नो जन्मदिन पार्टीका केही तस्बिर र भिडियो साम्रज्ञीले इन्स्टाग्राममा सेयर गरेकी थिईन् जसमा साम्राज्ञी, प्रेमी देवांश र साथीहरु खुबै रमाएको देख्न सकिन्छ । पहिलो ब्रेकअप पछि फेरि अफेयरमा रहेकी साम्राज्ञीले देवांशसँगको प्रेमको बारेमा मुख भने खोलेकी छैनन् । हुन त उनले मयंकसँगको सम्बन्धको बारेमा पनि कहाँ बोलेकी थिईन् र ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस