Tuesday, 26 Oct
01:00:00

एकै साथ प्रदर्शनमा आएका चलचित्र दैलो,गुनगुन र अनुग्रहको कमजोर प्रदर्शन 

2018/11/19   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत यो साता एक साथ तीनवटा सिनेमा गुनगुन, दैलो र अनुग्रह  प्रदर्शनमा आए तर तिनवटै सिनेमाले कमजोर कारोबार गरेका छन् । यो साता प्रदर्शनमा आएका तीनवटै सिनेमाले प्रचार प्रसारलाई त्यति महत्व दिएनन् । यहि कारण पनि हुनसक्छ प्रदर्शनमा आएका यी सिनेमाहरुको बारेमा दर्शकलाई खासै जानकारी भएन ।  प्रचार प्रसार बिना नै प्रदर्शनमा आएका यी तीन सिनेमा कारोबारमा पनि असफल रहेका छन् ।

सिनेमा गुनगुन असफल भएर हलबाट उतारिएपछि निर्माता र हलवालाबीच विवाद समेत भएको छ । नायिका संचिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाण्डौको अष्टनारायण हलका मालिकविच आरोप–प्रत्यारोप चल्न थालेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै  सिनेमा हलबाट उतारिएपछि यसका निर्देशक पुकार भट्टराइले अष्टनारायण हललाई कारबाही गर्न माग गरेका छन् ।

उनले  सिनेमाले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा सिनेमा लाग्न नपाएको भन्दै  हललाई कारबाही गर्न र क्षतीपूर्ती भराउन अपिल गरेका छन् । यसरी नर्देशकले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका संचालकले विज्ञप्ती निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको सिनेमाले  दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको संचालकले बताएका छन् ।

अष्टनारायण हलका संचालकमध्येका एक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशत भन्दा कम अकुपेन्सी भएपछि चलचित्र हलबाट उतार्न पाइने संझौता अनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।

उता दशैँको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले भने ४० औ दिनमा पनि आफ्नो कारोबार कायम राखेको छ । यो सिनेमाले नेपालमा मात्रै नभयर अमेरिकामा पनि सबै भन्दा धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्ड समेत कायम गरिसकेको छ । त्यस्तै अस्ट्रेलियामा पनि सोमबार १९ औँ पटक प्रदर्शन भएको छ ।त्यस्तै कार्तिक १६ गते देखि प्रदर्शनमा आएको सिनेमा चङगा चेटले पनि दिन प्रतिदिन दर्शकको साथ पाईरहेको छ ।  यो सिनेमालाई माउथ पब्लिसिटीले  कारोबारमा सघाएको निर्माण पक्षले जनाएको छ । सिनेमाले सफलता पाएको भन्दै मंगलबार मात्रै  निर्माण पक्षले केके समेत काटेको थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस