रेडियो अडियो

ठग्स अफ हिन्दोस्तानको असफलताले निर्देशकलाई धक्का

2018/11/19   gufgaf

गफगाफ -  आमिर खान, अमिताभ बच्चन, कटरिना कैफ फतिमा सना सेखको मुख्य भूमिका रहेको सिनेमा ठक्स अफ हिन्दोस्तान यो वर्षकै बहुप्रतिक्षित बलिवुड सिनेमा थियो । तर यो सिनेमा जब प्रदर्शनमा आयो नकारात्मक प्रतिकृया र समिक्षा मात्रै पायो । यहि कारण प्रदर्शनमा आएको दिनमा राम्रो कारोबार गरेको सिनेमाले दोस्रो दिन देखि कारोबारमा गति लिन सकेन ।

वर्षमा एउटा तर राम्रो सिनेमा खेल्ने गरेका अभिनेता आमिर खानलाई पनि यो सिनेमाको असफलताले ठूलो  धक्का लाग्यो । पछिल्लो १३ वर्षमा उनले पहिलो पटक असफलता बेहोरे । यहि कारण आमिरले यस अघि गर्न मन नगरेको सिनेमा महाभारतमा काम गर्ने मन बनाएका छन् । उनी यस सिनेमामा कृष्णको भूमिका निर्वाह गर्न तयार भएका छन् । भारतीय सञ्चार माध्ययमका अनुसार उनले यो सिनेमाको लागि तयारी समेत शुरु गरेका छन् ।

एकातिर आमिर खान सहित अन्य कलाकार र निर्माता यो सिनेमाको असफलताले दुखी भएका छन् भने सिनेमाका निर्देशकलाई त यो सिनेमा असफल भएर निकै ठूलो घाटा लागेको छ । निर्देशकलाई सिनेमा असफल भएको पीडा त एकातिर छँदैछ अर्कातिर उनको हातबाट धुम ४ निर्देशनको जिम्मा पनि फुत्किएको छ । ठग्स अफ हिन्दोस्तान असफल भएपछि यशराज फिल्म्सलाई समेत ठूलो झट्का लागेको छ ।   यहि कारण यशराज फिल्म्सले निर्देशकसँग कन्ट्रयाक सकाएको छ । अब यशराज फिम्सले धुम ४ निर्देशनको जिम्मा अरुलाई नै दिने भएको छ ।  ३ सय करोडमा बनेको यो सिनेमाले डेढ सय करोडको मात्रै कारोबार गरेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस