रेडियो अडियो

दि कर्मा माघ ४ गते रिलीज हुने

2018/11/20   gufgaf

गफगाफ - यसअघि मंसिर ७ गते रिलीज हुने भनिएको नेपाली चलचित्र दि कर्माु माघ ४ गतेलाई सरेको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस