Tuesday, 26 Oct
01:00:00

‘वीरविक्रम २’ छायंकनका लागी निर्माण युनिट जोमसोममा

2018/11/20   gufgaf

गफगाफ -  मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र हो ‘वीरविक्रम २’ । चलचित्रको छायंकन सुरु भएको छ । केहि अगाडी नै छायंकन सुरु गर्ने भनिए पनि छायंकन सुरुवातको अन्तिम समयमा नायक आकाश श्रेष्ठले चलचित्रबाट हात झिके पछि छायंकन सुरु हुन सकेको थिएन । यतिबेला चलचित्र युनिट चलचित्र छायंकनमा लागी जोमसोम पुगेको छ । चलचित्रका सम्पुर्ण कलाकार तथा टिमलाई लिएर निर्माण युनिट लागि जोमसोम पुगेको हो । चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्स, नायक पल शाह, नायिका बर्षा शिवाकोटी, कोरियोग्राफर कविराज गहतराज लगायत अन्य केहि टिम जोमसोममा छन् । ४० दिनमा चलचित्रको छायांकन सकिने अनुमान गरिएको छ ।

 चलचित्रमा केहि हिमाली भेगका  सिन समेत समाबेश हुने बताइएको छ । सगै एउटा गीतको छायंकन समेत सम्पन्न गरेर निर्माण टिम काठमाडौं फर्कने निर्देशक चाम्सले बताए ।  यस अघिको चलचित्र वीरविक्रममा दयाहाङ राई, दिया पुन, अनुप बिक्रम शाही, अर्पन थापा, नाजिर हुसेन लगायतका कलाकारहरुको अभिनय रहेको थियो तर सोहि चलचित्रको सिक्वेल ‘वीरविक्रम २’ मा पुराना कलाकार नाजिर हुसेन मात्र यथावत राखिएको छ । चलचित्रमा अन्य पुराना कलाकारलाई देख्न पाइने छैन । चलचित्रमा नायक पल शाह र वर्षा सिवाकोटीले रोमान्स गर्दै छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस

पुजा लाजले भुतुक्कै

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहे पुरा पढ्नुहोस