Tuesday, 26 Oct
01:00:00

ठग्स अफ हिन्दोस्तान फ्ल्प भएपछि हलवालाले मागे पैसा

2018/11/20   gufgaf

गफगाफ - भरपर्दा कलाकार अमिताभ बच्चन र आमिर खान हुँदा समेत सिनेमा ठग्स अफ हिन्दोस्तान कारोबारमा हसफल रह्यो । यो वर्षको दिवालीको अवसर पारेर नोभेम्बर ८ देखि प्रदर्शनमा आएको यो सिनेमाले  ११ दिनमा जम्मा १ सय ४५ करोडको कारोबार गरेको छ । जब की यो सिनेमाको कुल बजेट ३ सय करोड हो ।

३ सय करोडमा निर्माण भएको यो सिनेमाले लगानी पनि नउठाउनु ले बलिवुडलाई नै दङग बनायो । यो सिनेमा फ्ल्प हुँदा कलाकार र निर्मातालाई मात्रै हैन हलवालाहरु समेत मर्कामा परे । सिनेमाले कारोबार नगर्दा घाटामा गएका कारण हलवालाहरुले   निर्मातासँग क्षतिपुर्ती माग गरेको खबर भारतीय सञ्चार माध्ययमहरुले प्रकाशित गरेका छन् । यशराज ब्यानरले सिनेमा वितरणको जिम्मा आफै लिएको थियो । हलवालाहरुले सिनेमाको लागि दिएका प्रदर्शनी शोबाट घाटा खाएपछि वितरकसँग क्षतिपुर्तीको माग गरेको बुझिएको छ ।  

अब हलवालाहरुले रिफण्ड फिर्ता माग्ने भएका छन् । वितरक र हलवालाहरुबीच मिनिमम ग्यारेण्टी रकममा डिल भएको थियो ।  किनभने सिनेमाले राम्रो कारोबार गर्नेमा सबै ढुक्क थिए । तर त्यसो भएन ।
ठग्स अफ हिन्दोस्तान भारतका ५ सय पर्दामा प्रदर्शन भएको थियो ।  सिनेमाले शुरुवाती तीन दिनमा १ सय करोडको कारोबार गरेको थियो । तर पछि नकारात्मक समिक्षा र माउथ पब्लिसिटीका कारण सिनेमाको कारोबार खस्किँदै गएको थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस