Tuesday, 26 Oct
01:00:00

के को लाज सर....कपडा त लगाएकै छु....??

2018/11/20   Rabindra


शर्मा जी कुनै एउटा स्कुलको मास्टर थिए...अनी उनी मास्टर भएको करिब १५ बर्ष जती भैसकेको

थियो...शुरु शुरुमा त उन्ले राम्रै पढाईरहेका थिए तर पछि पछि हुँदै जाँदा स्टुडेन्टले शर्मा जी

सोझो भएको कारण हेप्न थालेछन....।त्यतीकैमा एकदिनको कुरा हो..शर्मा जी ले कक्षामा

पढाईरहेको बेला एउटाले हल्ला गरेछ..त्यो सुनेर शर्मा जी ले भनेछन....।


शर्मा जीःओई श्याम तँ उठ.....


श्यामः(जुरुक्क उठ्छ अनी भन्छ)किन उठाको सर.....???


शर्मा जीःअझ किन उठाको रे....ल याहाँ सबैको अगाडि...५ एकान ५ भन्न त....


श्यामः(सजीलै सँगले)आउँदैन सर.....


शर्मा जीः(रिसाउँदै)केरे आउँदैन रे....कहिले पढोको भए पो आउनु.....लाज नभाको....


श्यामःकेको लाज सर....कपडा त लगाएकै छु....??


(सबैजना गलललल हाँस्छन)


शर्मा जीःअझ के को लाज रे..तिन तिन बर्ष सम्म एउटै कक्षामा बस्न लाज लागेन...??


श्यामः(शर्मा जी को कुरालाई हावामा उडाउँदै)यस्तो कुरामा किन लाज...??यस्तै कुरा गर्न हो भने त सर.. हजुरलाई पनी लाज लाग्नुपर्न....


शर्मा जीःकेरे मलाई नै लाज लाग्नु पर्न रे किन नी......??


श्यामःयस्तै कुरा गर्न हो भने त...१५ १५ बर्ष देखि एउटै कक्षामा पढाईराख्दा हजुरलाई चैँ लाज लागेन...??


(सबैजना गललल हाँस्छन...बिचरा शर्मा जी ट्वाँ परे....)


.........हाहाहाहाहा...........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस