रेडियो अडियो

आफ्नै डेव्यु नायक सँग जुध्ने भयो झरना थापाको ‘ए मेरो हजुर ३’

2018/11/21   gufgaf

गफगाफ - झरना थापा यति बेला चलचित्र निर्माणमा ‘ए मेरो हजुर ३’ व्यस्त छिन् । चलचित्रमा अभिनेता अनमोल केसी र झरनाकै छोरी समेत रहेकी नायिका सुहाना थापाको जोडी बाधिएको छ । सुहानाले यसै चलचित्रबाट चलचित्र नगरीमा प्रवेश गर्दै छिन् । चलचित्र चैत्र २९ गते बाट अल नेपाल प्रदर्शनमा आउने पक्का भइसकेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा नै अभिनेता सलिनमान बनियाँ अभिनीत चलचित्र ‘यात्रा’ पनि प्रदर्शनमा आउने तय भएको छ ।

अझ रोचक कुरा त के छ भने चलचित्र यात्राका नायक सलिनमान बनियाँलाई झरना थापाले नै चलचित्र नगरीमा प्रबेश गराएकी थिइन् त्यो पनि यस अघिको चलचित्र ‘ए मेरो हजुर २’ बाट । अब दुवै चलचित्रको प्रदर्शन मिती यथावत रहने हो भने आफ्नै डेव्यु नायक सँग झरना थापाको चलचित्र जुध्ने पक्का छ ।
 

चलचित्र यात्रमा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत हुने बुझिएको छ । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको समेत अभिनय रहेको छ ।  चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्र यात्राको कथा पनि निर्देशक शाक्यका स्वयंले लेखेका हुन् । संजय लामाको छायांकन चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।

चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ ।चलचित्र यात्रा लाई जर्नी लभस्टोरी समेत नाम दिइएको छ । यसमा यात्रामा आइ पर्ने विभिन्न उतारचडापहरु प्रस्तुत गर्ने प्रयास गरिएको छ ।  चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस