Tuesday, 26 Oct
01:00:00

चलचित्र राज्जा रानीको सिक्वेल बन्ने 

2018/11/21   gufgaf

गफगाफ - निर्माता एम के पौडेलले निर्देशन गरेको चलचित्र हो राज्जा रानी । जुन चलचित्र गतबर्षमा नै रिलिज भइसकेको छ । तर उक्त चलचित्र बक्स अफिसमा असफल भयो । चलचित्रमा नायकमा रुपमा नाजिर हुसेन र नायिकाका रुपमा केकी अधिकारीलाई प्रस्तुत गरिएको थियो । चलचित्र राज्जा रानीलाई व्यापारिक घाटा भए पनि निर्माता एम के पौडेल यो चलचित्रको सिक्वेल बनाउनका निम्ति कस्सिएका छन् । उनले एकै साथ ३ चलचित्रहरु निर्माणको तयारी थालेका थालेको बुझिएको छ ।

३ चलचित्रहरु मध्य सबै भन्दा पहिले राज्जा रानी २ निर्माणको तयारी गरिएको निर्माता पौडेलले जानकारी दिए । पौडेलले राज्जा रानी भन्दा पहिले चलचित्र रुद्रप्रियाको निर्माण गरेका थिए । उक्त चलचित्रले पनि दर्शकको मन जित्न असफल भएको थियो । उनको डेव्यु चलचित्र भने नाइन ओक्लक हो । चलचित्र नाइन ओक्लकबाट पनि उनि असफल निर्माता नै बनेका थिए । उनले नाइन ओ क्लकदेखि राज्जा रानीसम्म आइपुग्दा उनको कुनै पनि चलचित्रले व्यवसायिक सफलताको स्वाद चाख्न पाएको छैन ।

राज्जा रानी २ को हाल कथामा काम भैरहेको बताइएको छ । कथाको काम सकिना साथ कलाकार छनोटको काम अघि बढाउने तयारी भएको बताइएको छ । यो चलचित्रबाट भने दर्शकको साथ पाउनेमा आशावादि रहेको निर्माता पौडेलको भनाइ छ । यो चलचित्र सँगै अन्य २ वटा चलचित्र बनाउने तयारी उनले गरेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस