रेडियो अडियो

मेहेनत गरेर मात्र निर्देशनमा फर्कीन्छु — निश्चल बस्नेत

2018/11/22   gufgaf

गफगाफ -  चलचित्र नगरीका चर्चित निर्देशक मध्यका एक हुन निर्देशक निश्चल बस्नेत । उनलाई चलचित्र नगरीका बहुमुखी प्रतिभाका धनिका रुपमा समेत चिन्ने गरिन्छ । उनि निर्देशनमा त सफल मानिन्छन् नै सँगै गायन तथा अभिनयमा पनि उत्तिकै चर्चित छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनले गाएका अधिकांश गीत दर्शकले मन पराएका छन् । उनले निर्देशन गरेका अधिकांश चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । 

त्यति मात्र हैन उनि चलचित्र निर्माता, लेखक तथा डान्सरका रुपमा पनि आफुलाई स्थापित गर्न सफल भएका छन् । उनि चलचित्र लुट बाट नेपाली चलचित्र नगरीमा उदाएका थिए । उनले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले अत्यन्तै मन पराएका थिए । त्यस समयको नेपाली चलचित्र नगरीमा सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो उनि द्धारा निर्देशित चलचित्र लुटले । लुटले दर्शकको मन जिते  सँगै उनले सफल निर्देशकको ट्याग पाए । त्यस पछि उनले चलचित्र टलक जंग भर्सेस टुल्के निर्देशन गरे । 

चलचित्र अपेक्षा गरे अनुरुप सफल नभए पनि उनको कामले भने चौतर्फी प्रशंसा बटुलेको थियो । उनले निर्देशन गरेको तेस्रो चलचित्रह हो लुट २ । लुट २ लाई पनि दर्शकले मन पराएका थिए । उनले निर्माण गरेका चलचित्र अन्तर्गत भने कबर्डी, कबर्डी कबर्डी, २ रुपैया हुन् । उनले अन्य केहि चलचित्रहरुमा अभिनय त गरेका छन् नै बिभिन्न चलचित्रका आइटम गीतहरु गाउनको साथै नृत्य समेत गरेका छन् ।

 यति बेला उनि निर्देशनमा भन्दा पनि अभिनयमा जोर्ड दिइरहेका छन् । यस्को मतलब उनले निर्देशनलाई बिर्सिएका भने हैनन् । मलाई चलचित्र टलक जंग भर्सेस टुल्के र लुट २ ले केहि पाठ सीकाएको छ । म चलचित्र निर्देशन गर्छु तर अझै केहि समय लाग्छ निश्चलले भने । अहिले उनले अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनको संघारमा छ । चलचित्र प्रसादमा केहि फरक भुमिकामा प्रस्तुत भएको छु उनले भने । चलचित्र प्रसादमा निश्चल बस्नेत सँगै विपिन कार्की र नम्रता श्रेष्ठ लिड रोलमा छन् ।  चलचित्र मङ्सीर २१ गते बाट अल नेपाल प्रदर्शन हुदै छ ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस