Tuesday, 26 Oct
01:00:00

सम्पदा र बिमल भए चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता

2018/09/10   Tek

गफगाफ- चितवन : सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् l  टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा "चितवन प्लस टु अफ द ईयर २०१८" को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ l यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फर्स्ट रनरअप भएका छन l  

 

चितवनको नारयनगडमा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउछन l यस प्रतियोगिताको बिजेताले नगद रु १०,०००(रु. दश हजार) सहित क्राउन,ट्रफी गिफ्ट लगायतका पुरष्कार प्राप्त गर्नुको साथै राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता भई आफ्नो क्षमता प्रस्फुटन गर्न अभिप्रेरित गराउने कुरा आयोजक तथा कार्यक्रम निर्देशक सरिता आचार्य बताउछिन l 

 

चितवन प्लस टु अफ द ईयर २०१८ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी सुर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा निर्माता निर्देशक दिपक खांड निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l 

 

प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा कोरियोग्राफरहरु राजेश कुमाल, सिर्जना गिरि, अस्मिता नेपाली बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्।उक्त कार्यक्रमको संचालन आर्जे रामकान्त पौडेलले गरेका थिए l 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस