Tuesday, 26 Oct
01:00:00

केक काटेर गरियो चलचित्र ‘लभ स्टेशन’ को इन्डक्ल्याप

2018/11/22   gufgaf

गफगाफ -  चलचित्र ‘लभ स्टेशन’ को इन्डक्ल्याप गरिएको छ  । बुधवार एक कार्यक्रमको आयोजना गर्दै केक काटेर चलचित्रको इन्डक्ल्याप गरिएको हो । बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा केही दृश्य कैद गरेपछि चलचित्रका केहि गीत बाहेक छायांकनको सम्पुर्ण काम सम्पन्न गरिएको हो । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर चलचित्र ‘लभ स्टेशन’को युनिट काठमाडौं आएको थियो । चलचित्रको बाँकी १० प्रतिसत छायाँकन काठमाडौंमा गरिएको थियो । चलचित्रको आसोज १२ गते देखि दर्जिलिङ बाट छायाँकन सुरु गरिएको थियो । 

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । प्रदीप र जसिताले अहिलेसम्मकै राम्रो काम यस चलचित्रमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् । यस्तै अभिनेता प्रदीपले यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको चलचित्र भन्दा केही पृथक बनेको बताएका छन् ।

अब चलचित्रमा समाबेश २ गीत छायंकन गर्न बाकी रहेको बताइएको छ । २ वटा गीत मध्य एउटा गीतमा हिउ देखाउनु पर्ने भएकाले राम्रो सँग हिउ पर्न थाले पछि मनाङमा छायंकन गरिने छ भने अर्को गीत अंगे्रजी नयाँ वर्षलाइ मध्य नजर गर्दै नयाँ वर्षको छेकोमा जापानमा गर्ने तयारी भइरहेको निर्देशक घिमिरेले बताए । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस