रेडियो अडियो

 हामी ३ भाईको सिक्वेलमा अनमोल, प्रदीप र पल ३ भाई बन्दै

2018/11/22   gufgaf

गफगाफ -  सफल नेपाली सिनेमा हामी ३ भाईको सिक्वेल बन्ने भएको छ । राजेश हमाल, निखिल उप्रेती र दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा  हामी तीन भाई नेपाली सिनेमाको ईतिहासमा राम्रो कारोबार गर्ने सिनेमा हो । यो सिनेमाले निर्मातालाई ५० लाख भन्दा माथिको नाफा गराएको थियो ।

 आज भन्दा १४ वर्ष अगाडिको यो सिनेमाको सिक्वेल यहि सिनेमाका निर्माता रमेश त्वयनाले बनाउने भएका छन् । गफगाफसँग कुराकानी गर्दै निर्माता त्वयनाले सिनेमाको सिक्वेलमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई फाईनल गरिसकेको जानकारी दिएका छन् । तर यी तीन कलाकारसँग कागजी सम्झौता भने भईसकेको छैन ।

कुराकानीपछि भने यी तिनै जना कलाकार सिनेमामा काम गर्ने कुरामा सकारात्मक देखिएका छन् । मुख्य तीन अभिनेताहरु फाईनल भएको भएपनि अन्य कलाकाहरु छनौट गर्न बने बाँकी छ । अहिले निर्माण पक्ष अन्य कलाकार र सिनेमाको अन्य काममा जुटेको छ ।

निर्माता रमेश त्वयना यतिबेला मंसिर २८ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा सुश्री सम्पत्तिको प्रचारप्रसारमा व्यस्त छन् । उनी यो सिनेमा प्रदर्शन भईसकेपछि हामी तीन भाईको सिक्वेलको काम शुरु गर्ने योजनामा छन् । यो सिनेमालाई कसले निर्देशन गर्ने भन्ने विषयमा पनि अहिले छलफल भईरहेको छ । हामी तीन भाईलाई दिवंगत निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए । सिनेमामा कथा पनि निर्देशक शिवकै थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस