Tuesday, 26 Oct
01:00:00

आजदेखि आकाशको ‘ड्रिम गर्ल’

2018/11/23   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाए पनि कुनै पनि मल्टिफ्लेक्स हलहरुमा चलचित्र नलागेको बताइएको छ । अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकले सुदर्शन थापा निर्देशित चलचित्र राम काहानीमा भने राम्रै रुचाए । चलचित्रले औषत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’। 

यस अघि चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचिको रिलिज डेट सारेको थियो । 

त्यसभन्दा अघि पनि चलचित्र युनिटले असार २६ गतेबाट सारेर असोज १९ गते ल्याएको थियो । चलचित्र ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय रहेको छ । आकाश र आश्माको अलावा चलचित्रमा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको मुख्य भूमिका देख्न सकिन्छ । राहुल राईले खिचेको चिलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । चलचित्रका सम्पादक नवीन निरौला हुन् ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्रको निर्माण , अर्जुन शर्मा, ऋषिराज आचार्य र  रामेश्वर धितालले संयुक्त रुपमा निर्माण गरेका हुन् । आरबी मुभीजको ब्यानरमा बनेको चलचित्र काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको हो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस