रेडियो अडियो

नाच फिरिरी टिमले र्गयो ३ करोड भ्युज सेलिब्रेशन 

2018/11/23   gufgaf

गफगाफ -  पछिल्लो समयमा निकै मन पराइएको गीत नाच फिरिरीले युट्यूबमा ३ करोड भ्युज पार गरिसकेको छ । युट्यूबमा ३ करोड भ्युज पार गरेको खुशीयाली सँगसँगै गीतलाई आज यो स्थानसम्म पुर्याउन मद्दत गरेकोमा मिडियालाई धन्यबाद दिदै नाच फिरिरी  टिमले  एक कार्यक्रमको आयोजना गरी सेलिब्रेशन गरेको थियो । गायक महेश काफ्ले, नायिका स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का लगायतले केक काटेर खुशीयाली साटेका थिए ।

गीतले आज यति धेरै दर्शक, श्रोताको माया पाएकोमा आफु र आफ्नो टिम निकै खुशी रहेको गायक महेश काफ्लेले उक्त कार्यक्रममा बताए । यस्तै कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले यो माया  नाच फिरिरीु टिमले गरेको मेहेनतको प्रतिफल रहेको बताइन् । 

नाच फिरिरीुमा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको रहेको छ । गतिको सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका हुन् । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । भिडियोमा निश्चल र स्वस्तिमाका अलावा  पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भने भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस