Tuesday, 26 Oct
01:00:00

‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनमा गुन्जिदै डा.डि.आर उपाध्याय

2018/11/23   gufgaf

गफगाफ - गीतकार डा.डि.आर उपाध्याय को ‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । आफ्नो सांगीतिक यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर यो कार्यक्रमको संयोजन गरिएको उनि बताउछन । यहि मङ्सिर ९ गते आइतबार काठमाडौँको रास्ट्रिय नाचघरमा विभिन्न गायक गायिकाहरुले एकल र युगल प्रस्तुति दिएर कार्यक्रम भब्य बनाउनेछन् । कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ ।

अभिनन्दनको साथमा डि।आरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको यो पहिलो पटक नै हो । एल्बमहरुमा बुलु मुकारुंग , सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ ।

ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा ।लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको यो कार्यक्रमलाइ यसोदा फूडले प्रायोजन गर्ने भएको छ । आफ्नो गितीकारिता जिबनकै पहिलो एकल साँझ मार्फत गुञ्जिन लागेका डा।डि।आर कार्यक्रमप्रति उत्साहित छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस