Tuesday, 26 Oct
01:00:00

सुवोध गौतमको चाख लाग्दो विहे प्रसंग, यसरी भयो विहे

2018/11/23   gufgaf

हाँस्यकलाकार सुबोध गौतमले पछिल्लो समय लोकप्रिय हाँस्यटेलिश्रृङखला भद्रगोलमा एदुमेको भूमिका निर्वाह गरिरहेका छन् । यसमा उनी काकु अर्थात दीपक आचार्यको छोराको भूमिकामा छन् । यस अघि उनले जिरे खुर्सानीमा काँटाको भूमिका निर्वाह गरेका थिए जसमा उनलाई हजुरको नामले चिनिन्थ्यो । सुबोध यस्ता हाँस्यकलाकारमा पर्छन् जसले सय भन्दा धेरै व्यक्तिको मिमिक्री गर्छन् ।

उनले पछिल्लो समयमा बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको मिमिक्री गर्र्दै आएका छन् जसलाई दर्शक लगायत स्वयम मदनकृष्णले मन पराएका छन् । कलाकार हरिवंश आचार्यले त आफ्नै जन्मदिनमा अनन्य मित्र मदनकृष्णको मिमिक्री गरेपछि प्रशंसा नै गरेका थिए ।

गफगाफ -  क्यारिकेचर र आफ्नो सेन्स अफ ह्युमरका कारण दर्शक हँसाउदै आएका सुवोधको व्यक्तिगत जीवन भने त्यति चर्चामा छैन । कतिलाई त उनी विवाहित हुन् भन्ने कुरा पनि थाहा छैन । हालै मात्र हामीसँग कुराकानी गर्दै सुवोधले आफ्नो वैवाहिक जीवनको बारेमा खुलेर कुराकानी गरेका छन् ।

नेपालमा भएको १० वर्षे द्वन्द कालमा तत्कालिन नेकपा माओवादीमा आवद्ध थिए सुवोध । उनले यहि क्रममा आफ्नो जीवनसाथी पनि भेटाए । उनलाई त्यहि क्रममा पाल्मो लामाले विहेको प्रस्ताव राखेकी थिईन् । अलि लजालु स्वभाव भएका  सुवोध पहिले देखि नै जसले प्रपोज गर्छ त्यसैसँग विवाह गर्ने योजनामा थिए । यसै योजना अनुरुप उनको विवाह भयो पाल्मोसँग । पाल्मोले  प्रपोज गरेको केही महिनामा उनीहरुको विवाह पनि भयो ।

पार्टीमा भएका कारण उनीहरुको विवाह त्यति धुमधामले गरिएन । एक घण्टामा विवाह सकिएको सुबोधले बताए । द्वन्दकालमै वैवाहिक बन्धनमा बाँधिएका सुवोध ५ वर्षिय छोरीका बुवा पनि हुन् । हाल उनको कलाकारितालाई उनकी श्रीमती पाल्मोले पूर्ण रुपमा सहयोग गरेकी छिन् । साथ दिएकी छिन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस