Tuesday, 26 Oct
01:00:00

सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक 

2018/11/23   Gufgaf

सुब्रत राज आचार्यको निर्देशन रहेको सिनेमा सुश्री सम्पक्तिको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार साँझ सवा पाँच बजे  युट्युब च्यानल ओ एस आर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गरिएको छ । कुनै पनि कार्यक्रमको आयोजना नगरी सिनेमाको ट्रेलरलाई सिधै युट्युबमार्फत प्रिमियर गरिएको हो । । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु अटेका छन् । 


‘सुश्री सम्पत्ति’ मा  सलोन बस्नेत, सारा सीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी,  राजाराम  पौडेल,  जयनन्द लामा,  विसारद बस्नेत,  सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्का, रोशनी कार्की, कमल देवकोटा र सन्तोष खनालको मुख्य भूमिका रहेको छ । सिनेमामा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् ।
सिनेमामा राजन ईशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन छ । 


सिनेमालाई  विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् । राहुल ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता भने रमेश त्वयना हुन् ।
 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस