रेडियो अडियो

बिर्तामाेडपछि नेपथ्य घन्कियाे धरानमा

2018/11/24   gufgaf

 गफगाफ - लोकरक ब्याण्ड नेपथ्यले शुक्रबार बेलुकी धरान अाफ्नाे प्रस्तुति दिएको छ ।स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । स्थानीय रंगशाला भएकाे कन्सर्ट  हेर्न करिब चार हजार दर्शकको उपस्थित भएका थिए । कन्सर्टमा झण्डै हजारभन्दा बढी सहभागिता धरानमा चिकित्सा विज्ञान पढिरहेका छात्र छात्राहरुकै देखिएको थियो ।

‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ ।’ कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो ।

कन्सर्टकाे प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’ बाट निरन्तरता दिइएको थियो । कवि तुलसी ‘दिवस’ले बाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमा तयार पारेको हो । यतिबेला राष्ट्रले नै मान्ने कवि ‘दिवस’  धनकुटाकै हुन् । उनको सम्मानमै नेपथ्यले छिमेकी धरानका लागि यस गीतको छनौट गरेको थियो । कार्यक्रम हेर्न निम्ति मदनपुरस्कार विजेता कवि एवं प्रसिद्ध गीतकार दिनेश अधिकारी समेत उपस्थित भएका थिए ।  हालै शल्यक्रिया मार्फत् कम्मरको जोर्नी नै बदलेका अधिकारीले यो कन्सर्ट लगातार दुइ घन्टासम्म उभिएरै हेरेका थिए। 

‘संगीतसँग मनोरञ्जन मात्र नभर्इ सामाजिक दायित्व पनि जोडिएको हुन्छ,’ पूर्व सचिवसमेत रहेका अधिकारीले भने, ‘त्यस्तो दायित्व नेपथ्यले जिम्मेवारीका साथ निर्वाह गर्दै आइरहेको देख्दा खुशी लागेको छ ।’पछिल्लो पुस्ताका तन्नेरीहरुलाई नेपाली संगीतसँग जोड्न महत्वपूर्ण भूमिका समेत निभाइरहेकोमा उनले नेपथ्यलाई धन्यवाद प्रकट गरे । कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘जोमसोमे बजारमा’, ‘चरि म¥यो’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अघि बढेको थियो ।

‘तपार्इंहरुले पैसा कमाउने भन्दा पनि मानिसको जीवन बचाउने विद्या आर्जन गरिरहनुभएको छ,’ दर्शकदीर्घामा रहेका भावी चिकित्सक जमातलाई सम्बोधन गर्दै अमृतले भने, ‘मलाई विश्वास छ, पढाइ पूरा गरेपछि यस्तो गहन दायित्वलाई तपाइहरु प्रत्येकले जिम्मेवारीका साथ पुरा गर्नुहुनेछ ।’ कार्यक्रमको अन्त्य सँधैजस्तै नेपाली ध्वजाको स्तुतिमा तन्नेरीहरुलाई उचाल्दै ‘रातो र चन्द्रसूर्य’ मार्फत गरिएको थियो । धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस