Tuesday, 26 Oct
01:00:00

’वीर विक्रम २’ मा वर्षा पलको की नाजिर को जोडी ?

2018/11/24   gufgaf

गफगाफ -  मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र हो ’वीर विक्रम २’ । यो चलचित्रको यतिबेला धमाधम छायंकन भइरहेको छ । छायंकनका लागी चलचित्र युनिट यतिबेला नेपालको पर्यटकिय स्थल मुस्ताङमा छ । निर्देशक चाम्स ’वरि विक्रम २’को जम्बो टिम सहित केहीदिन अघि मात्र मस्ताङ पुगेका थिए ।


कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए । चलचित्र ’वीर विक्रम २’ को मनाङ र मुस्ताङका रमणीय स्थानमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनका तश्विरहरु बाहिरिएका छन् । यतिबेला चलचित्रको गीत छायंकन भइरहेको बताइएको छ । उक्त गीतमा रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको छ । गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

चलचित्रका सह निर्माता अर्पण सापकोटा हुन् । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिषा भण्डारीका अलवा, बुद्धि तामाङ, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य तथा बालकलाकार मनिष लिम्बुको समेत अभिनय रहेको छ । 

चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्र ’वीर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने चलचित्रको सम्पादन बनिष शाहको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस