Tuesday, 26 Oct
01:00:00

यस्तो बन्यो समर लभको टिजर

2018/11/25   gufgaf

गफगाफ  - सिनेमा समर लभको आधिकारिक टिजर सार्वजनिक भएको छ ।  नाइटिङगल ईन्टरटेनमेन्टको  ब्यानरमा निर्माण भएको यो सिनेमा सविन भट्टराईका् चर्चित उपन्यास समर लभमा आधारित रहेर तयार पारिएको हो ।  माघ २५ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमाको टिजर निकै नै आकर्षक बनाईएको छ ।  टिजरमा बाथ टबको एक सिन समावेश गरिएको छ जसले दर्शकको मनमा कौतुहलता जगाएको छ ।

मुस्कान ढकालको निर्देशन रहेको यस सिनेमामा  सुरज सिंह ठकुरी, रेवती क्षेत्री, आशिष पिया,  नम्रता सापकोटा  लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमाको टिजर पनि यिनै कलाकारको वरिपरि घुमेको छ ।  सिनेमामा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सीनाको पटकथा रहेको छ भने सुबिन भट्टराईको कथा छ ।

कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, मानकृष्ण महर्जनको छायाँकन रहेको यस सिनेमामा खगेन्द्र श्रेष्ठ र ईन्दु भण्डारीको लगानी रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस