Tuesday, 26 Oct
01:00:00

विपिन  कार्की ड्राइभर बन्दै ?

2018/11/25   gufgaf

गफगाफ -  चलचित्र जात्राले नेपाली दर्शकको राम्रो साथ पायो । कमेडी जनरामा निर्माण गरिएको उक्त चलचित्रलाई अपुरोमा नै टुङ्ग्याइएको थियो । त्यसैलाई निरन्तरता दिदै चलचित्र जात्रै जात्राको छायंकन सुरु गरिएको थियो । तर अकस्मात चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परे पछि चलचित्रको छायंकन रोकिएको छ । उनि चलचित्र छायंकनका लागी छायंकन स्थलमा जादै गर्दा नै दुर्घटनामा परेका थिए । हाल उनको उपचार भइरहेको छ । 

उनि पुर्ण रुपमा ठिक हुनासाथ छायंकनलाई अघि बढाइने चलचित्रका निर्देशक प्रदिप भट्टराईले बताए । चलचित्रको टिजर भने यस अघि नै सार्वजनिक भइसकेको छ । टिजर सार्वजनिक भए सगै चलचित्रको चर्चा थपिएको छ । चलचित्रको टिजरलाई दर्शकले पनि रुचाएका छन् । चलचित्र जात्रामा पुस्तक पसलेको भुमिकामा देखिएका कलाकार विपिन कार्कीलाई चलचित्र जात्रैजात्रामा भने ट्याक्सी ड्राइभरको भुमिकामा देखिन लागेको बुझिएको छ । नोपाल सरकारले ट्याक्सी ड्राइभरहरुले अनिवार्यरुपमा लागाउन पर्ने ज्याकेट तोकेको छ । चलचित्रको छायंकन स्थलबाट नै बाहिरिएको तस्विरले पनि उक्त कुराको पुष्टि गरेको छ । विपिनले ट्याक्सी ड्राइरले लगाउने ज्याकेट लगाएका छन् । 

चलचित्रमा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । यस अघि उनले चलचित्र ‘जात्रा’, ‘शत्रु गते’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्र ‘जात्रै जात्रा’मा विपिनसँगै बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिंगे लामा र यादव पौडेलले चलचित्रको निर्माण गरेका हुन् ।  चलचित्र फागुन १७ गते देखी अल नेपाल प्रदर्शनमा आउने बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस