Tuesday, 26 Oct
01:00:00

अर्जुनको परिवारसँग मलाईकाको निकटता, विहेपछि बस्न किने घर

2018/11/26   gufgaf

गफगाफ - अभिनेता अर्जुन कपूर र  अभिनेत्री तथा आईटम गर्ल मलाईका अरोराले पछिल्लो समय आफूहरुको प्रेमलाई  खुलेआम प्रस्तुत गर्दै आएका छन् । केही समय अघि मात्रै मलाईकाको जन्मदिन मनाउन ईटाली गएपछि यो जोडी चर्चामा आएको थियो ।  त्यस्तै कलर्स च्यानलको रियालिटी शो ईन्डिया गट ट्यालेन्टमा उनीहरु एक साथ देखिए  । त्यसमा उनीहरुले सँगै डान्स गरेको भिडियो भाईरल पनि बनेको थियो ।

पछिल्लो समय उनीहरुले एकअर्कासँग धेरै भन्दा धेरै समय बिताईरहेको देखिन्छ । मलाईका अर्जुनसँग मात्रै हैन अर्जुनको परिवारसँग पनि नजिकिँदै गएकी छिन् । यसै क्रममा शुक्रबार मलाईकाले अर्जुनको परिवारसँग डिनर गरेकी छिन् । शुक्रबार जुहुस्थित एक रेष्टुरेण्टमा अर्जुनसँगै उनका काका संजय कपूर, बहिनी रिया कपूर र काकी महीपसँग मलाईकाले डिनर गरेकी छिन् ।
 
रेष्टुरेण्टबाट बाहिर निस्किए लगत्तै अर्जुन र मलाईका अलग अलग रुपमा हिँडेनन् मात्रै अर्जुनले त मास्क लगाएर आफ्नो अनुहार नै छोपे । अर्जुन सकेसम्म तस्बिर क्लिक नहोस् भन्ने सोचेर कारमा बसेको सार्वजनिक तस्बिरहरुमा पनि प्रष्ट हुन्छ ।  मलाईकाले यसरी अर्जुनको परिवारसँग समय बिताएको देख्दा अर्जुनको परिवार पनि अर्जुन र मलाईकाको सम्बन्धले खुशी भएको अनुमान लगाउन सकिन्छ । त्यस्तै हालै मात्र उनीहरुले विवाह पछि बस्नका लागि फ्ल्याट समेत किनिसकेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्ययमका अनुसार उनीहरुको विवाह सुटुक्क गर्ने योजनामा छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस