रेडियो अडियो

अनमोल र साराको अफेयर हल्ला मात्रै

2018/11/26   gufgaf

गफगाफ -   अभिनेता अनमोल केसी महिला फ्यानहरु बढी हुने अभिनेतामा पर्छन् । उनलाई मन पराउने धेरै छन् तर उनले मन पराए रे, उनी अफेयरमा छन् रे भन्ने खबरहरु आउँदैनन् । तर आईतबार सबैलाई छक्का बनाउने गरी उनको नाम  अभिनेत्री सारा सीर्पाईली सँग जोडेर उनीहरु एकअर्काको प्रेममा रहेको खबर सार्वजनिक भयो । उनीहरुको यो खबर कतिले त पत्याएनन् तर कतिले भने हावा नचली पात नहिल्लीने भन्दै शंका गर्न थाले ।

अनमोलसँग अफेयर रहेको खबर सार्वजनिक भएपछि अभिनेत्री साराले आफूहरु ईन्स्टाग्रामको साथी मात्र रहेको बताएकी  छिन् । साराले आफू अनमोलको प्रेममा रहेको कुरा सोझै नकारेकी छिन् ।

सिनेमा रुद्रबाट डेब्यु गरेकी साराले त्यसपछि त्यसपछि सिनेमा पिंजडा ब्याक अगेनमा काम गरिन् । यतिबेला उनी आफ्नो तेस्रो सिनेमा सुश्री सम्पक्तिको प्रचार प्रसारमा छन् । तर यो खबर सार्वजनिक भएपछि भने सारा मिडियामा खासै आउन नचाहेको बुझिएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस