रेडियो अडियो

एउटा चलचित्रलाई अपुरो छाड्दै अर्को चलचित्र निर्माणमा कस्सिए निखिल

2018/11/27   gufgaf

गफगाफ -  कुनै समय नेपाली चलचित्रमा एक्सन हिरोका रुपमा निकै चर्चा कमाएका नायक हुन् निखिल उप्रेती । केहि समयको ग्याप पछि उनि चलचित्र नगरीमा फर्किए । तर अन्य व्यानरका चलचित्रबाट निखिल टाढै छन् । उनि चलचित्रको निर्देशनमा लागी परेका छन् । अफैले चलचित्र निर्देशन गरे पनि नायकका रुपमा पनि उनि आफैले काम गर्ने गरेका छन् । पहिले एक्सन नायकका रुपमा सफलता हासील गरेका नायक उप्रेतीले निर्देशनमा अहिले सम्म सफलताको स्वाद चाख्न पाएका छैनन् । यस अघि चलचित्र पिंजडा ब्याक अगेनमा देखिएका नायक त्यस पछि भने पर्दामा फर्किएका छैनन् । 

लगातार चलचित्र बक्सअफिसमा असफल हुन थालेपछि उनी केही संयमित भने देखिएन थालेका छन् । उनले केहि समय अगाडी नै चलचित्र कमिटमेन्ट निर्माणको घोषणा गरे र काम पनि सुरु गरे, तर पछि चलचित्रका निम्ति लगानी अपुग भएको कारण देखाउदै चलचित्रको छायंकन स्थकित गरे । स्थकित भइसके पछि हाल सम्म पनि उत्त चलचित्रको छायंकन सुरु भएको छैन । 

त्यसलाई अपुरो मै छाड्दै नायक निखिल उप्रेती अर्को चलचित्रको तयारीमा लागेका छन् । उनले बनाउने चलचित्रलाई नँया नाम भन्दा पनि केहि वर्ष अघि आफैले निर्देशन गरेको चलचित्र भैरव को सिक्वेलका रुपमा निर्माण गर्ने बुझिएको छ । चलचित्रका निम्ति कथा पनि उनि आफैले तयार गर्न लागेको बुझिएको छ । नायकिा संचिता लुइटेल सँगको विवाह पश्चात उनि चलचित्र नगरीबाट हराएका थिए ।

केहि वर्षको ग्याप पश्चात चलचित्र नगरीमा कमव्याक हुदै चलचित्र भैरव बाट नै निर्देशनमा समेत डेव्यु गरेका थिए तर चलचित्रले सोचे अनुरुपको दर्शकको साथ पाउन सकेन । उनि अभिनित चलचित्र भिलेन  पुष २७ गतेबाट अल नेपाल प्रदर्शनको तयरीमा रहेको छ । अब उनले निर्माण गर्न लागेको नयाँ चलचित्रलाई दर्शकले कति रुचाउने हुन त्यो भने हेर्न बाकी छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस