रेडियो अडियो

‘रणवीर’ मा सुशील सिटौलको रिसाएको रुप

2018/11/27   gufgaf

गफगाफ -  नेपाली चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सुशील सिटौलको चरित्र प्रस्तुत गरिएको छ । पोस्टरमा उनि निकै रिसाएको देखाइएको छ । उनि हाल चलचित्रको कथावस्तु अनुसारको लुक्सका लागी नियमित जिम गरिरहेका छन् । उनले नियमित रुपमा जिम गरेर ७० केजी बाट आफ्नौ तौल ८५ केजी बनाएका छन् । उनले यसै चलचित्रका निम्ति करिव ९ महिना देखि जिम गरिरहेको बताइएको छ । 

चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, रवि गिरी, शुभेच्छा खड्का, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्र ‘रणवीर’ को निर्देशन गोविन्द सिंह भण्डारीले गरेका हुन् । चलचित्रको  कथा, पटकथा तथा संवाद पनि निर्देशक भण्डारीकै रहेको छ ।

चलचित्र ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रमा हर्कुलेस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ ।
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले चलचित्रको निर्माण गरेका हुन् ।चलचित्र युनिटले माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस