Tuesday, 26 Oct
01:00:00

यो कस्तो सामान देको...काम नै नगर्ने...??

2018/11/27   Rabindra

एकदिनको कुरा हो..फर्सिलाल घरमा केहि कुरा सोचेर बसिरहेको थियो..।त्यतीकैमा उसको

दिमागमा एउटा पसल खोलेर व्यापार गर्न सोच आएछ ....अनी उस्ले अरु केहि कुरा नसोची

पसल किनीहालेछ...।पसल किनेर पसलाम बस्ने बित्तिकै एकजना

ग्राहक पाँडे त्याहाँ आईपुगेछ ।पाँडेलाई देख्ने बित्तिकै फर्सिलालले भनेछ...।


फर्सिलालःनमस्कार पाँडे...के सेवा गरौं हजुर....??


पाँडेः(गललल हाँस्दै)हजुर पो भन्दै छस त....जे होस ठिकै छ.. अब जाडो

बड्दै छ ....पैसो धेरै छैन...चिसो पानी खायो भने गारो पर्ला भन्ने पिर छ....


फर्सिलालः(बिचैमा कुरा काट्दै)हत्तेरीका हजुर.. तपाई टेन्सन नलीनुन्..तपाईको हरेक समस्याको समाधान छ म सँग....


पाँडेःहोर भन्या...मेरो समस्याको लागी चैँ के गर्ने होला....???


फर्सिलालः(र्थमस देखाउँदै)ल हेर्नुस यो र्थमस हो...यसमा तपाईले तातो

राख्नु भयो भने तातै रहन्छ...चिसो राख्नु भयो भने चिसै रहन्छ....


पाँडेःहोर भन्या...यो त मलाई धेरै काम लाग्ने चिज पो रहेछ...पैसो चैँ कति हो यस्को.....??


फर्सिलालःहँ खासै धेरै छैन....अब यो मेरो पहिलो व्यापार हो....हुन त यस्को १५ सय हो...ल तपाईलाई १२ सय नै भयो....


(त्यसपछि पाँडेले बगलीबाट १२ सय रुपैँया झिकेर दिन्छ...अनी घर लिएर जान्छ...।त्यसको

भोलीपल्ट पाँडे फेरी फर्सिलालको पसलमा आउँछ...अनी फर्सिलालले पाँडेलाई भन्छ...)


फर्सिलालःहैन ए पाँडे हजुर....आज पनी मेरो पसलमा आउनुभयो त..के चाहियो...???


पाँडेः(रिसाउँदै)हैन ए डाम्ना मलाई तैँले यो कस्तो सामान देको...काम नै नगर्ने...??


फर्सिलालः(अलीक डराउँदै)किन के भयो र हजुर....??


पाँडेःके चैँ भएन भन्न....तातो हाले तातै...चिसो हाले चिसै..रहन्छ.. भन्थीस...


फर्सिलालःअनी के भयो त.....??


पाँडेःके हुनु नी...तैँले त्यसो भनीस अनी मैले त्यसमा एक कप चिया र एउटा कोकाकोला हालेर घर लगेको...सबै बिग्रिएछ...


फर्सिलालःहँ...............


पाँडेःअँ...............


................हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस