Tuesday, 26 Oct
01:00:00

‘चाङ्गा चेट’साउथ कोरियामा प्रदर्शन हुदै

2018/11/27   gufgaf

गफगाफ - कार्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो ‘चाङ्गा चेट’ । हाल सम्म पनि नेपालका विभिन्न चलचित्र घरहरुमा चलचित्र लागीरहेको छ । चलचित्रले नेपालमा सफल व्यापार गरिरहेको छ । नेपालको सफल व्यापार सगै विदेशमा पनि प्रदर्शन सुरु गरिसकेको चलचित्रका निर्माता माधव बाग्लेले बताए । यतिबेला चलचित्र साउथ कोरियामा प्रदर्शन भैरहेको बताइएको छ । अन्य केहि देशहरुमा पनि चलचित्र प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।  

कमेडी जनरामा निर्माण गरिएको चलचित्रलाई विदेशमा रहेका नेपालीहरुले पनि रुचाइरहेका छन् । चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीतले पनि चलचित्रलाई थप बलियो बनाएको निर्देशक दिपेन्द्र के खनालको बुझाई छ । चलचित्र ‘चाङ्ग चेट’ माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका हुन । 

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेल को प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको पनि विशेष भूमिका रहेको बताइएको छ । चलचित्र कात्तिक १६ गते बाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपतिप्रसाद लाई दर्शकले रुचाएका थिए ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस