समाजसेवाका लागि जोजोलोप्पा फेशन रनवे सम्पन्न

गफगाफ- क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ भब्य रुपमा सम्पन्न भएको छ । यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए । भने एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए ।

डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रिएका थिए । यस शोमा नेपालका चर्चित गायक गायिकाले सांगीतिक प्रस्तुति दिएका थिए । गायिका रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डेका साथमा गायकहरु जोहेव मानन्धर, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायथले आफ्नो प्रस्तुति दिएका थिए ।
पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले उद्घाटन गरेको कार्यक्रमा अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो । फेशन शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ ।

भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ ।

एजुकेशन सरोकार डट कम कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको थियो । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस