Tuesday, 26 Oct
01:00:00

दाल भात तरकारीको गीतमा निशान भट्टराइ र अन्जु पन्तको स्वर

2018/11/28   gufgaf

गफगाफ - कलाकार किरण केसी र मह संचारले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारीको यतिबेला छायंकन भइरहेको छ । चलचित्रको क्लाइमेक्सको छायंकन लगभग सम्पन्न भएको निर्माता किरण केसीले बताए । हाल सम्ममा चलचित्रको करिव १५ प्रतिशत छायंकन सम्पन्न भएको बताइएको छ । चलचित्रमा समाबेश एउटा गीतको छायंकनको तायारी भइरहेको निर्माता केसीको भनाइ छ । मिना निरौलाको स्वरमा रहेको उक्त गीत १५ गतेबाट छायंकन सुरु हुदै छ । चितवनमा छायंकन गर्न लागीएको उक्त गीतमा नायिका प्रियंका कार्कीलाई फिचर गरिने बताइएको छ । 

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ । भलचित्रमा समावेश अर्को गीतको पनि यतिबेला रेर्कडिङ कार्य भइरहेको छ । हरिवंश आचार्यको शव्द रहेको उक्त गीतमा शम्भुजित बास्कोटाको संगीत रहने छ । गीतमा स्वर भने निशान भट्टराई र अन्जु पन्तको रहने बताइएको छ । उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन रहने छ भने श्याम स्वेतको सम्पादन रहने बताइएको छ ।

चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस