Tuesday, 26 Oct
01:00:00

सकियो धुुर्मुस सुन्तलीको सिनेमाको तयारी

2018/11/28   gufgaf

गफगाफ -  हाँस्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ । सिनेमाको लागि कलाकार छनौट देखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेका कारण मंसिर १४ गते यो सिनेमाको  आधिकारिक घोषणा गरिने भएको छ । यो समाचार तयार पार्दासम्म यो सिनेमाको नाम भने फाईनल भईसकेको छैन ।  

यस अघि सिनेमाको नाम एन्टिभाईरस राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषीको सल्लाह भएका कारण अहिले सम्म सिनेमाको नाम फाईनल हुन सकेको छैन ।

मंसिर १४ गते सीताराम  र कुन्जनाको वैवाहिक वर्षँगाँठ पनि परेको छ । आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर सिनेमाको आधिकारिक घोषणा गरिने विशेष स्रोतले जनाएको छ । यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन्  भने अन्य कलाकारको जानकारी १४ गते गराईने छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस