Tuesday, 26 Oct
01:00:00

विदेशमा चलचित्र ‘प्रसाद’ को उच्च माग, रिलिज अघि नै आधा लगानी सुरक्षित

2018/11/28   gufgaf

गफगाफ -  चलचित्र  प्रसाद यहि मङ्सीर २१ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र हो प्रसाद । यतिबेला चलचित्र युनिट चलचित्रको प्रचार प्रसारमा व्यस्त छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सगै चलचित्रबजारमा प्रसादको चर्चा थाप चुलिएको छ । नेपालमा प्रदर्शन हुन अगावै चलचित्रको विदेशी डिमाण्ड आइरहेको निर्देशक दिनेश राउत बताउछन् । लगभग आधा लगानी ओभरसिज राइट्सबाटै उठ्ने छाँटकाट देखाएको छ ।  हाल युरोपियन मुलुकहरुमा चलचित्रकोे उच्च डिमान्ड भइरहेको निर्देशक राउतको भनाइ छ । 

चलचित्र प्रसाद को युरोप वितरणको अधिकार सुरज कार्कीलाई दिइएको छ । कार्कीले बताए अनुसार युरोपका १२ देशमा चलचित्र प्रदर्शन हुने पक्का पक्की भइसकेको छ । डेनमार्क, जर्मनी, अष्टे«लिया, बेल्जियम, पोल्याण्ड, माल्टा, फिनल्याण्ड, पोर्चुगल, नर्वे लगायतका अन्य केहि देशहरुमा प्रदर्शन हुने पक्का  भइसकेको छ । अन्य देशबाट पनि चलचित्र प्रदर्शनको माग बढिरहेको उनको भनाइ रहेको छ । 

चलचित्रको अन्तराष्ट्रिय शो डिसेम्बर १४ बाट सुरु गर्न लागिएको बताइएको छ । चलचित्रको प्रदर्शन फिनल्याण्डबाट सुरु गर्ने तयारी भएको कार्कीको भनाइ छ । कार्की भनाइलाई आधिकारिक मन्ने हो भने चलचित्र ‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड चलचित्र प्रसाद नै हो । यसअघिको चलचित्र छक्का पञ्जा ३ ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो । 

नेपालको प्रदर्शन सँगै २१ गतेबाट नै अष्ट्रेलियामा चलचित्र प्रदर्शनको तयारी भइरहेको छ । डिसेम्बरको ७, ८, ९ र १० मा प्रसाद अष्ट्रेलियामा प्रदर्शन गर्ने बुझिएको छ । चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् 
सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत  छ । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व रहेको छ । 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस