रेडियो अडियो

अक्षयका लागि २.० को छायाकंन निकै पीडादायक

2018/11/28   gufgaf

गफगाफ -  भारतीय सिनेमाको ईतिहासमै सबैभन्दा ठूलो बजेटमा निर्माण भएको सिनेमा हो २.० । यो सिनेमामा कलाकारको गेटअप र सिनहरुमा प्रयोग भएका भि एफ एक्सहरुमा निकै मोटो रकम खर्च गरिएको छ ।  सन् २०११ को सिनेमा रोबर्टको सिक्वेल यस सिनेमामा रजनी कान्त, अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । सिनेमामा डाक्टर रिचर्ड अर्थात नकारात्मक भूमिकामा रहेका अक्षय कुमारले हालै मात्र यस सिनेमामा काम गर्दाको अनुभव सेयर गरेका छन् । उनका अनुसार उनलाई यो भूमिका निर्वाहा गर्दा निकै नै पीडा भएको थियो ।

अक्षय कुमारले यो सिनेमाको छायाकंनको लागि झण्डै ४० दिन दिए । छायाकंनका यी ४० दिन निकै नै पीडादायक भएको उनी स्वयमले बताएका छन् । भारतीय सञ्चार माध्ययमहरुसँग कुराकानी गर्दै उनले सिनेमा  छायाकंनको अनुभव सेयर गरेका छन्  । उनका अनुसार यस सिनेमाको क्यारेक्टरका लागि उनले मेकअप गरिसकेपछि उनलाई खाना खान अनुमती थिएन । छायाकंनको समायावधिभर उनले तरल पर्दाथहरुमा मात्र चित्त बुझाउनु पर्थ्यो ।

किनभने खाना खाँदा उनको अनुहारको आकार बिग्रने डर हुन्थ्यो । अक्षयले त्यो समयमा  मिल्कशेक, जुस र पानी मात्र पिउने अनुमती पाएका थिए । उनलाई यो रुप धारण गर्न साढे ३ घण्टा लाग्थ्यो  भने मेकअप उतार्न  साढे २ घण्टा लाग्थ्यो । अर्को कुरा उनको यो भूमिकाका लागि प्रोथेस्टिक लगाएका थिए । जसले पुरै शरीर नै प्याक गरिएको हुन्थ्यो । यहि कारण उनको शरीरमा कतैबाट पनि हावा छिर्न पाउँदैनथ्यो  जसले गर्दा उनको शरीरमा आएको पसीना पनि पुछ्न मिल्दैनथ्यो ।

यहि कारण आफूले लगाएको ड्रेस खोलेपछि शरीरबाट पसीनाको निकै नराम्रो गन्ध आउने अक्षयले बताएका छन् । यश शंकरको निर्देशन रहेको यो सिनेमा नोभेम्बर २९ देखि प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिका प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस