रेडियो अडियो

यो शैलुनभरी भुतको किताब,पोस्टर चैँ किन लगाको ....???

2018/11/28   Rabindra


एकदिनको कुरा हो मुन्द्रे घरमा झोक्राएर बसिरहेको थियो ।त्यतीकैमा त्याहाँ मुन्द्रेको

साथी चन्द्रे आईपुगेछ...अनी झोक्राएर बसिरहेको मुन्द्रेलाई भनेछ....।


चन्द्रेःहैन ए मुन्द्रे किन झोक्राएर बसेको.....???


मुन्द्रेःकिन हुनु नी यार...गोजीमा सुको दाम छैन...काम गरेर कमाउँभने

पनी के काम गर्नु...यहि कुराले गर्दा लास्टै टेन्सन भईरहेको छ...।


चन्द्रेःहत्तेरीका तँ पनी... गर्यो भने काम त कति पाईन्छ पाईन्छ नी....


मुन्द्रेःउसोभए भन्नत मैले के गर्दा ठिक होला........???


चन्द्रेः(एकैछिन सोचेर)हँ अब तँलाई कपाल काट्न पनी आउँछ क्यारे...यसो गर एउटा शैलुन खोलेर त्यसैमा काम गर...


(त्यसपछि चन्द्रेले दिएको आईडिया मुन्द्रेलाई मन पर्छ अनी उस्ले शैलुन खोलेर कपाल

काट्न थाल्छ... एकदिन मुन्द्रे कपाल काटिरहेको बेला अचानक त्याहाँ मुन्द्रेको ग्रलफेन्ड आईपुग्छे अनी मुन्द्रेलाई भन्छे.....)


ग्रलफेन्डः मेरो मुन्द्रु के गर्दै छौ.....??


मुन्द्रेःदेखेनौ नाचीराको....??


ग्रलफेन्डः(अचम्म मान्दै)केरे नाचीराको रे...तिमी त कपाल काटिराको पो देख्दै छु त म त...


मुन्द्रेःदेखेको रैछौत फेरी किन सोधिराको नी.....??


ग्रलफेन्डःहत्तेरीका तिमी पनी कस्तो जिस्केको भन्या....अनी मुन्द्रु मलाई एउटा

कुरा भन..तिम्ले यो शैलुनभरी भुतको किताब,पोस्टर चैँ किन लगाको नी.....???


मुन्द्रेःहत्तेरीका तिम्ले यो कुरा बुझ्दैनउ क्या मैयाँ.....मैले यो मेरो सजीलोको लागी गरेको हो क्या....


ग्रलफेन्डः(अचम्म मान्दै)केरे सजीलोको लागी रे...कसरी किन.....??


मुन्द्रेःकिन हुनु नी....याहाँ कपाल काट्न आउनेहरुले जब यो किताब पढ्छन...तब उनीहरुको

डरले गर्दा रौँ ठाडो ठाडो हुन्छ...अनी मलाई कपाल काठ्न सजीलो हुन्छ....।


ग्रलफेन्डःहँ............


मुन्द्रेःअँ..............


............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस