Tuesday, 26 Oct
01:00:00

छक्का पञ्जा ३ प्रदर्शनको ५१ दिनमा

2018/11/29   gufgaf

गफगाफ -  दशैको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र छक्का पन्जा ३ ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ । चलचित्र लाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि हालसम्म पनि  उत्तिकै व्यापार गरिरहेको छ । चलचित्रले नेपालको सफल प्रदर्शन सगै अन्तराष्ट्रिय प्रदर्शनमा पनि रेकर्ड ब्रेक गर्न सफल भएको छ । चलचित्रले अमेरिका,अष्ट्रेलिया, जापान, स्पेन लगायतका देशहरुमा समेत रेकर्ड ब्रेक गर्न सफल भएको निर्माता दिपकराज गिरीले बताए । चलचित्रले नेपालको प्रदर्शनबाट मात्र करिव २० करोड माथिको व्यपार गर्न सफल भएको बताइएको छ ।

विदेश प्रदर्शनका निम्ति चलचित्र युनिटले हाइलाइट्स नेपाललाई १ करोड मुल्यका ओभरसिज राइट्स बिक्री गरिसकेको छ । जसले गर्दा विदेश प्रदर्शनबाट आएको रकम भने हाइलाइट्स नेपालको हुने छ । घटस्थापनाका दिन देखि प्रदर्शनमा आएको चलिचित्रले उपत्यकाका १३ वटा हलहरुमा ५१ दिन पुरा गरेको निर्माता तथा कलाकार दिपकराज गिरीले बताए । ५१ दिन पुरा गरेको अवसरमा चलचित्र युनिटले काठमाण्डौको बालाजुमा रहेको बि एस आर हलमा दर्शकसँग साक्षात्कार समेत गरेको छ । 

हुन त यो युनिटले निर्माण गरेका यस अघिका चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौ चलचित्र बजारको व्यापारमा यो व्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ । अघिल्ला चलचित्रहरुलाई कन्टेनमा दोसी देखाउने गरिएको थियो । चलचित्रले कुनै शन्देस दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथा बस्तुलाई दर्शकले राम्रो रुचाएका छन् ।

जस्का कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाह लगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस