Tuesday, 26 Oct
01:00:00

‘इकु’ ले‘स्नेह आश्रम’ निर्माण गर्ने

2018/11/29   gufgaf

गफगाफ -   पछिल्लो समय नेपाली कलाकारहरु कलाकारिता सगै समाज सेवामा पनि अग्रसर हुन थालेका छन् । यसको गतिलो उदाहरण सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिर सुन्तली,नायिका स्वेता खड्का लगायत हुन् । अन्य कलाकारहरुमा पनि त्यो जागरुकता देखिन थालेको छ । कलाकार शुलेमान शंकर जो ‘इकु’ नामले परिचित छन् । टेलिचलचित्र मेरिवास्सै बाट  दर्शकले शुलेकानलाई ‘इकु’ नामले नै चिन्न थाले ।  उनले केहि चलचित्र समेत निर्माण गरिसकेका छन् । उनै ‘इकु’ले अब स्नेह आश्रम निर्माण गर्ने भएका छन् ।

 ‘इकु’ ले आफ्नो जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै स्नेह आश्रम निर्माण गर्ने बताएका हुन् । यस अघि नै उनले १४ जना बालबालिकालाई संरक्षण गर्दै आएका छन् । तिनै बालबालिका सँग जन्मदिनको केक काट्दै उनले भवन निर्माण गर्ने घोषणा गरेका हुन् । इकुले कार्यकर्ममा बोल्दै भने, ‘मेरो संसार यिनै बालबलिका हुन् । अब यिनीहरु कै गाँस, बास, कपास र शिक्षाको लागि मेहनत गर्छु ।’

कार्यक्रममा सामाजिक अभियन्ता तथा हाँस्यकलाकार सुमन मगर, गायिका विनिता राई, सञ्चारकर्मी राजकुमार राई, जेरुङ फिल्मसका प्रवन्ध निर्देशक नैना जेरुङ, गायक भिम राई, कलाकार रोमना जेरुङ लगायतले शुलेमानलाई सफलताको शुभकामना दिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस