Tuesday, 26 Oct
01:00:00

केटा बन्न करण जोहरले लिएका थिए ३ वर्ष ट्रेनिङ

2018/11/29   gufgaf

गफगाफ -  निर्माता तथा निर्देशक करण जोहर बलिवुडमा कलाकारहरु भित्र्याउने व्यक्तिमा पर्छन् । उनले आफूले बनाएका सिनेमाहरु मार्फत धेरैको जिन्दगी बनाईदिएका छन् । अहिलेका स्टारहरु आलिया भट्ट, वरुण धवन, सिद्धार्थ मल्होत्रालाई करणले नै डेब्यु गराएका थिए । त्यसपछि पनि उनले धेरैलाई आफ्ना सिनेमाहरु मार्फत  बलिवुडमा भित्र्याएका छन् जसमध्ये केहीले राम्रो गरेका छन् भने केही सामान्य रुपमा अघि बढेका छन् ।अहिले करण जोहर सबैले खोज्ने र सहयोग माग्ने व्यक्ति बनेका छन् । यति मात्रै नभयर उनी आफ्नो प्रस्तुती मार्फत पनि धेरैलाई प्रभावित बनाउँछन् । उनले सञ्चालन गर्दै आएको कफी विद करण अहिले सिजन ६ प्रसारण भईरहेको छ । यो सर्वाधिक सmपल कार्यक्रममा गनिन्छ ।

सबैका प्रिय बनिसकेका करण जोहरले हालै मात्र एक ईभेन्टका क्रममा आफ्नो जिन्दगीसँग जोडिएका केही खास कुराहरु सेयर गरेका छन् । कुराकानीमा उनले बाल्यकालमा सबैले आफ्नो मजाक उडाउने बताए । उनलाई सबैले केटी जस्तो गरी हिँडेको र बोलेको भन्दै कुरा काट्थे जुन उनलाई मन पर्दैनथ्यो । अरुले आफूलाई जिस्काएको र आफूलाई मजाक बनाएको करणलाई मन परेन र उनी केटा बन्ने सोचमा अघि बढे । उनको आवाजका कारण उनलाई धेरैले मजाक बनाउँथे । यहि कारण उनले आवाज परिवर्तन गरेर केता बन्ने सोच राखे र यहि अनरुप उनी पुगे स्पिच थेरापिष्टकोमा । स्पिच थेरापिष्टकोमा पुगेर उनले आफ्नो आवाज केटाको जस्तो बनाईदिन भने । उनले १५ वर्षको उमेरमा आवाज परिवर्त गर्नको लागि उनले ३ महिना टे्रनिङ लिए र ३ वर्षसम्म बोल्न अभ्यास पनि गरेका  थिए ।  

उनी यो ट्रेनिङ लिनको लागि घरमा झुठो बोलेर जान्थे । बुवासँग ट्युशन पढ्न जाने बाहानामा उनी आफ्नो आवाज परिवर्तन गर्ने ट्रेनिङ गर्थे । करणलाई घरमा भने कसैले पनि  नराम्रो भन्दैनथे । उनले जसरी डान्स गरेपनि, जसरी बोलेपनि, जसरी हिँडेपनि उनका आमा बुवालाई समस्या थिएन ।  ८ वर्षको उमेरमा उनले सिनेमा सरगम हेरेका थिए । यो सिनेमा हेरेपछि उनलाई सिनेमामा समावेश गीत ढपली वाले ढपली बजा निकै मन पर्न थाल्यो । उनले यसैमा डान्स गर्न थाले । यस गीतमा पनि  जया प्रदाको भागमा उनी नाच्थे ।

उनमा हरेक गुण केटीकै थियो । तर उनलाई उनका बुवाले केही पनि भन्दैनथे ।  घरमा   त उनलाई कसैले पनि उनले गलत गरिरहेका छन् यसो नगर भनेर भन्दैनथे । तर जब उनी घरबाट बाहिर निस्कन्थे  उनलाई अरुको व्यङग्य सहनु पर्थ्यो र मजाक बन्नु पर्थ्यो ।उनलाई स्कुलमा पनि उनका सिनियरहरुले मजाक उडाउँथे । यहि कारण उनले स्कुलमा  हुने खेलकुद प्रतियोगिताहरुमा भाग लिनै छोडेका थिए ।  उनका हात खुट्टाहरु केटाहरुको जस्ता थिएनन् । अनि उनी बोल्ने बित्तिकै सबै हाँसेर उनलाई मजाक बनाउँथे । यी सबै कुराको बावजुद पनि उनको परिवारले भने उनलाई सधै नै सपोर्ट गर्दै आयो । सायद यहि कारण करण अहिलेको स्थानमा छन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस