रेडियो अडियो

शाहिद कपूरकी श्रीमतीसँग श्रृङखलाको तुलना

2018/11/30   gufgaf

गफगाफ - मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा मिस वल्र्ड २०१८ मा सेफिफाईनलमा पुगेको कुराले सारा नेपाली नै उत्साहित भएका छन् । नेपालीलले यस पटक मिस वल्र्डको ट्रफी जिताउन श्रृङखलालाई मजाले भोट गरेका छन् । श्रृङखला भारी मतका साथ अग्र स्थानमा छिन् । नेपालीहरुको उत्साहजनक भोटले मिस वल्र्डको आयोजकले २ दिन म्याद पनि थपेको छ । नोभेम्बर ३० सम्म यस विधाको लागि भोट गर्न सकिनेछ । मिस वल्र्डमा सहभागी श्रृङखलालाई नेपालीले गरेको भोट देखेर मिस वल्र्डका आयोजककै सातो गएको खबर पनि छ ।  

यदि यो भोटको अग्रता कायमै रह्यो भने श्रृङखलाले मल्टिमिडिया अवार्ड जित्ने पक्कापक्की भईसकेको छ । यो वर्ष मिस वल्र्ड २०१८ चिनमा आयोजना भईरहेको छ । चीनको सान्यामा आगामी ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया एउटा हो । त्यसो त यस पटक मिस वल्र्डमा नेपाललाई शुरुवात देखि नै टाईटल्डको दावेदार मानिएको छ । मिस वल्र्ड जित्ने चर्चासँगै श्रृङखलाको अर्को चर्चा शुरु भएको छ ।

 उनलाई भारतीय मिडियाहरुले अभिनेता शाहिद कपूरकी श्रीमती मिरा राजपुतसँग तुलना गरेका छन् । भारतको चर्चित अनलाईन पोर्टल दैनिक भाष्करले उनी मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ । केही समय अघि मात्रै श्रृङखलाले पनि शाहिद कपूरसँगको एक तस्बिर ईन्स्टाग्राममा सेयर गरेकी थिईन् । शाहिद र मिराले हेलो म्यागजिनका लागि खिचेको एक तस्बिरमा श्रृङखलाले आफ्नो अनुहार चिप्काएर ईन्स्टाग्राममा तस्बिर सेयर गरेकी थिईन् । यस हिसाबले श्रृङखलाले पनि यो कुरा महसुस गरेको अनुमान लगाउन सकिन्छ ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस