Tuesday, 26 Oct
01:00:00

प्रदिप भट्टराईले अनमोलको चलचित्र निर्देशन गर्दै ?

2018/11/30   gufgaf

गफगाफ -  सुपरस्टार अनमोल केसी यति वेला झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ३ को छायंकनमा व्यस्त छन् । यस अघि अनमोलले अभिनय गरेका चलचित्र एक पछि अर्को सुपरहिट बनेका छन् । उनले अभिनय गरको चलचित्र क्याप्टेन पनि रिलिज हुने तयारीमा छ । उनको चलचित्र क्यापटेन फागुन १७ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ ।  उनि एउटा चलचित्रमा अभिनय गरेबापत ५० लाख रुपैया लिने गरेको चलचित्र नगरीमा चर्चा छ । पछिल्लो समय अनमोल केसीलाई चलचित्रमा अभिनय गराउन सके मात्र पनि चलचित्र सफल हुने निर्देशक निर्माताहरुको बुझाई छ ।

यसकारण पनि अनमोल केसीलाई चलचित्रमा लिन तछाड मछाड हुने गरेको छ । अनमोल पनि एक पछि अर्को चलचित्रमा व्यस्त छन् । ए मेरो हजुर ३ पछि निर्माता तथा निर्देशक मिलन चाम्सले निर्माण गर्न लागेको चलचित्र व्याचलर बन्टीमा काम गर्ने पक्का भइसकेको बताइएको छ । मिलन चाम्स पनि यति बेला चलचित्र विर किक्रम २ को छायंकनमा व्यस्त छन् । विर विक्रम २ पछि उनले अनमोललाई लिएर चलचित्र व्याचलर बन्टीको निर्माणमा लाग्ने यस अघि नै निर्देशक चाम्सले उद्घोष गरिसकेका छन् । अनमोल बलिउड प्रोजेक्ट पनि गर्ने तयारीमा रहेको बताइएको छ । त्यसका निम्ति उनले भारतीय टिमले निर्माण गर्ने एक बलिउड चलचित्रमा लिखित सम्झौता नै गरिसकेको बताइएको छ ।

उनि एक पछि अर्को चलचित्रमा व्यस्त बन्दै गइरहेका बेला सुपरस्टार नायक भुवन केसीले पनि चलचित्र निर्माण गर्न तयारी सुरु गरेको बताइउको छ । उक्त चलचित्र निर्देशन गर्नका निम्ति निर्देशक प्रदिप भट्टराईलाइ अफर गरिएको कुरा यतिबेला चलचित्र नगरीमा चर्चामा छ । निर्देशक प्रदिप यतिबेला चलचित्र जात्रै जात्रामा व्यस्त छन् । मुख्य कुरा त के छ भने हाल सार्वजनिक गरिएको मिती हेरफेर नहुने हो भने प्रदिपले निर्देशन गर्दै गरेको चलचित्र जात्रै जात्रा र अनमोल केसी अभिनित चलचित्र क्याप्टेन एकै दिन बाट प्रदर्शनमा आउने तयारीमा छन् ।

चलचित्र नगरीमा यो कुराले झनै चर्चा पाइरहेको छ ।  निर्देशक प्रदिप जात्रै जात्रामा व्यस्त भएका कारण अहिले यो कुरा अघि बढ्न नसके पनि निर्माता भुवन केसी भने उनलाई नै निर्देशनको जिम्मा दिनमा ढुक्क रहेको स्रोत बताउछ । यता प्रदिप पनि भुवनले गरेको उक्त प्रस्तावमा सकारात्मक रहेको बताइएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस