Tuesday, 26 Oct
01:00:00

क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो,अब हिन्दु परम्परा अनुसार विवाह गर्ने

2018/12/02   gufgaf

गफगाफ - अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् । विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो ।  डिसेम्बर १ मा सम्पन्न विवाहमा प्रियंका र निकले डिजाइनर राल्फ लोरेनले डिजाइन गरेको पहिरन लगाएका थिए । क्रिश्चियन विवाहपछि डिसेम्बर २ मा यो जोडीले हिन्दु परम्परा अनुसार विवाह गर्नेछन् ।  

विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।

प्रियंका र निकले सार्वजनिक गरे मेहन्दीका तस्बिर
    
क्रिश्चियन परम्परा अनुसार विवाह सम्पन्न भए पश्चात प्रियंका चोपडा र निक जोनसले विवाहका क्रममा मेहन्दी लगाएका केही तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।

 

विवाह स्थलमै भयो झडप

प्रियंका र निकको विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको छ । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले नोक्सान पुर्‍याउन खोजेपछि झडप भएको हो । त्यसपछि जोधपुरबाट प्रहरी विवाद शान्त बनाउन विवाहस्थलमा पुगेको थियो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस