Tuesday, 26 Oct
01:00:00

पाँच बर्षिय बालिका श्रृष्टिले ल्याइन् नयाँ म्युजिक भिडीयो ( भिडियो सहित)

2018/12/02   gufgaf

गफगाफ -   संयुक्त राज्य अमरिकामा बसोबास गर्ने पाँच बर्षिय श्रृष्टि आचार्यले लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ । बोलको गीतमा अभिनय गरेकी छिन् । उक्त गितमा बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको देख्न सकिन्छ । सामाजिक संजालहरूमा निकै नै लोकप्रिय भाइरल बनेकी पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन् । सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको उक्त गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् ।

यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् । सृष्टि अमेरिकामा बसोबास गर्ने गीतकार सुबिसुधा आचार्यकी छोरी हुन् । गीतकार सुबिसुधाका अधिकांश गीतहरूमा सृष्टिले नै अभिनय गर्ने योजना रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ। 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस