Tuesday, 26 Oct
01:00:00

जसिताको अनमोलसँग काम गर्ने ईच्छा

2018/12/03   Gufgaf

सिनेमा लिलिबिलीमा काम गरिसकेपछि अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अफेयरको चर्चा शुरु भयो । सिनेमामा रुचाईएको उनीहरुको केमेस्ट्रि दर्शकले वास्तविक जीवनमा पनि रुचाए । 


यहि कारण उनीहरुको बारेमा बेलाबखतमा खबरहरु प्रकाशित भईरहेका हुन्छन् । यस विषयमा बोल्दै दुवैले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् । सिनेमा लभ स्टेशनमा पनि यो  जोडी दोहोरिएका कारण  उनीहरुको सम्बन्धमा थप शंका  गरिएको थियो । 


शनिबार आयोजित चौथो लक्स कामना अवार्डमा उपस्थित  जसिताले मिडियासँग कुरा गर्दै प्रदीप र आफू मिल्ने साथी मात्रै भएको खुलाएकी छिन् । उनले यस अघिका बयानहरुजस्तै आफू अहिले करिअरमा मात्रै फोकस भएको भन्दै अफेयरमा ध्यान नगएको खुलाएकी छिन् । 


आफू प्रदीपसँग अफेयरमा रहने सम्भावना पनि नभएको जसिताको भनाई छ । उनले आफू अहिले सिंगल भएको बताएकी छिन् ।    लक्स कामना अवार्डमा जसिताले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छिन् । यो सहित उनले सिनेमा लिलिबिलीबाटै तीनवटा अवार्ड हात पारिसकेकी छिन् ।


प्रदीपसँगै दोहोरिएको विषयमा पनि उनले कुरा गरिन् । उनले  अहिले अन्य प्रोजेक्टहरुमा काम भईरहेको बताउँदै  भविष्यमा आफू प्रदीपसँग मात्रै नभयर अन्य अभिनेतासँग पर्दामा देखिने पनि स्पष्ट पारिन् । उनले अहिलेका युवास्टारहरु अनमोल केसी, आशिरमान देशराज जोशी र धिराज मगरसँग आफूलाई काम गर्न मन भएको पनि खुलाएकी छिन् । 
त्यस्तै उनले केकी अधिकारी, निरुता सिंह र झरना थापासँगै राजेश हमाल र सौगात मल्ल पनि आफूले काम गर्न चाहेका कलाकारहरु भएको बताईन् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस