Tuesday, 26 Oct
01:00:00

को को आए दीपिका रणवीरको रिसेप्शनमा

2018/12/03   gufgaf

बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले डिसेम्बर १ मा मुम्बईमा बलिउड कलाकारहरुको लागि विवाहको भव्य रिसेप्सनको आयोजना गरेका थिए ।  नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेर भारत फर्किएका नव दम्पतीले आयोजना गरेको तेस्रो रिसेप्सनमा बलिउडमा कलाकारहरुको उपस्थितिले त्यहाँको माहोल निकै नै शानदार बनेको थियो । यसअघि दीपिका हुर्किएको ठाउँ बेंग्लोरमा पहिलो रिसेप्सन राखिएको थियो जहाँ दीपिकाका आफन्तजन र साथीभाइहरु उपस्थित भएका थिए ।  यस्तै मुम्बईमा राखिएको रिसेप्सनमा रणवीर सिंहका आफन्तजन र साथीभाइबिच निकै नै सिमीत पाहुना डाकिएको थियो ।

डिसेम्बर १ मा मुम्बईको ग्र्याण्ड हायात होटलमा आयोजना गरिएको रिसेप्सनमा भने बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चन, शाहरुख खान लगायत कैयौं ठूला स्टारहरु उपस्थित भएका थिए ।साथै खेल जगतको तर्फबाट क्रिकेटर कपिल देव, सचिन तेण्दुलकर, महेन्द्र सिंह धोनीलगायत बलिउडका अधिकाँश कलाकारहरु उपस्थित भएर दीपवीरलाई विवाहको शुभकामना दिएका थिए । बलिउड फिल्म जगतका महानायक अभिताभ बच्चन पत्नी जया बच्चन, छोरी स्वेता नन्दा र बुहारी ऐश्वर्या रायका साथ उपस्थित भएका थिए । 

अभिताभ बच्चनले नव दम्पतीलाई शुभकामना मात्रै नभई बलिउड गीतमा नाचेर खुशियाली मनाएका थिए । अहिले सामाजिक सञ्जालमा अमिताभ र दुलहा रणवीर सिंह नाचेका भिडियोहरु छाइरहेका छन् । दीपिका पादुकोणका पहिलो चलचित्रका नायक तथा बलिउडका किङ्ग खान शाहरुख खान एक्लै उपस्थित भएका थिए । शाहरुख पत्नी गौरी भने उपस्थित भएकी थिइनन् । 

भारतका दिग्गज एवम भारतिय क्रिकेटका पूर्व कप्तान कपिलदेव पत्नीका साथ, क्रिकेटर सचिन तेण्दुलकर पत्नी अञ्जली र छोरा अर्जुनका साथ, र क्रिकेटर महेन्द्र सिंह धोनी श्रीमती साक्षीका साथ दीपवीरको रिसेप्सनमा सहभागी भएका थिए । 


अभिनेता टाइगर श्राफ उनकी प्रेमिका अभिनेत्री दिशा पाटनीका साथ उपस्थित भएर सबैको ध्यान आकर्षित गरेका थिए ।  

अभिनेत्रीहरु कट्रिना केफ, ज्याकलिन फर्नाडीज, अनुष्का शर्मा, सोनाक्षी सिन्हा, यमी गौतम, रानी मुखर्जी लगायत दीपवीरको रिसेप्समा उपस्थित भएकf थिए ।  

अभिनेत्री रेखा निलो रंगको सिल्क सारीमा सजिएर उपस्थित भएकी थिइन । 

अभिनेता संजय दत्त श्रीमती मान्यता दत्तका साथ कालो रंगको शुटमा निकै नै बोल्ड अवतारमा सहभागी भएका थिए । 

अभिनेत्री रविना टंडन, राधिका आप्टे, लारा दत्ता  श्रीमानका साथ सहभागी भएका थिए ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस