Tuesday, 26 Oct
01:00:00

आशिरमान र शिल्पाको किस सिनले भरिएको ‘दि ब्रेकअप’को दोस्रो गीत

2018/12/03   Gufgaf

सिनेमा ‘दि ब्रेकअप’ मा समावेश दोश्रो गीत यसैसाता सार्वजनिक भएको छ । सिनेमामा समावेश दोस्रो गीत  हरपल  सार्वजनिक गरिएको हो । यो सिनेमाको छायाकंन अस्ट्रेलियामा गरिएको हो ।  विराज गौतमको स्वर र संगीत रहेको यो गीतमा प्रकाश मल्लको शब्द छ ।

 

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । गीतमा समावेश दृश्यहरुले भिडियोलाई निकै नै आकर्षक देखाएको छ । यस गीतमा आशिरमान र शिल्पाले किस गरेका सिनहरु छन्् जसले निकै नै चर्चा पाईरहेको छ । उनको किस गर्ने शैलीले उनलाई बलिवुड अभिनेता ईमरान हासमीसँग तुलना गरिन थालिएको छ । 

 

यस सिनेमामा हेमराज वीसीको कथा, पटकथा तथा निर्देशन रहेको छ भने  रुपक थापा, दीपक खतिवडा, रेनु राना, हेमराज वीसीले लगानी गरेका छन् ।  पौषको २७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दि ब्रेकअप’मा रेमनदास श्रेष्ठ, इच्छा कार्र्की, सरोज खनाल लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस