Tuesday, 26 Oct
01:00:00

आधुनिक प्रेमकथामा आधारित चलचित्र “जानी नजानी”

2018/12/03   gufgaf

गफगाफ -  नेपाली चलचित्र “जानी नजानी”को फस्र्टलुक सार्वजनिक भएको छ । फस्र्टलुक सगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । अब चलचित्र चैत्र १ गतेबाट अल नेपाल प्रदर्शनमा आउने पक्का भएको छ । चलचित्र बसन्त अधिकारीले निर्देशन गरेका हुन् । बसन्तको यो चलचित्र डेव्यु निर्देशन हो । यसै चलचित्र बाट मनिष सुन्दर श्रेष्ठ पुन चलचित्र नगरीमा फर्किएका छन् । यस अघि मनिषले नेपाली चलचित्र रानी र तिमी हुन्छौ जहाँ जहाँ मा अभिनय गरेका थिए ।

उनले अभिनय गरेका दुवै चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । त्यस पछि भने केहि समय उनि चलचित्र नगरीबाट टाढा रहे । यो चलचित्रलाई भने दर्शकले रुचाउनेमा मनिष आशावादि देखिएका छन् । मनिष कुनै समयका निकै चर्चित अभिनेता शिव श्रेष्ठका भतिज समेत हुन् । चलचित्रले सार्वजनिक गरेको फस्र्टलुक पोस्टरमा मनिषसँगै निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठलाई प्रस्तुत गरिएको छ । निरिशाले पनि यही चलचित्र नगरीमा डेब्यु गरेकी छन् । उनि पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी हुन् । 

चलचित्र जानी नजानीको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।  चलचित्रमासंजय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी,अर्जुन जिसीको सम्पादन रहेको छ । आधुनिक प्रेमकथामा आधारित चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । चलचित्र रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको हो  । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस