Tuesday, 26 Oct
01:00:00

मिस वर्ल्ड २०१८: मल्टिमिडिया र ब्यूटी विद अ पर्पस दुवै अवार्ड श्रृंखलालार्इ 

2018/12/04   gufgaf

गफगाफ -  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइअाफूले मल्टिमिडिया अवार्ड  जितेकाेमा खुशी साट्दै  श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ 

भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि  मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।यसका बारेमा श्रृंखलाले अाधिकािरक जानकारी गराए पनि मिस वर्ल्डकाे अाधिकारिक पेजमा अाउन भने बाँकी छ ।ब्यूटी विद् अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।

unn.prixa.net

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले यस अघि नै मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला  आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।


याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस