रेडियो अडियो

निरुता सिंह ‘हजार जुनी सम्म’ मा अनुबन्धित, चलचित्र मङ्सीर २६ गतेबाट फ्लोरमा

2018/12/04   gufgaf

गफगाफ - नायिका निरुता सिंह यतिबेला मह सञ्चारले निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारीमा व्यस्त छिन् । चलचित्रमा उनि वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत हुन लागेको बताइएको छ ।  लामो समयको ग्याप पछि निरुता पुन चलचित्र क्षेत्रमै सक्रिय हुन थालेकी छिन् । उनि विकाशराज आचार्यले निर्माण गरेको चलचित्र नाइ नभन्नु ल ५ बाट चलचित्र नगरीमा कमव्याक भएकी हुन् ।

त्यस लगत्तै उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो, तर उनले विशेष कारण देखाउदै उक्त चलचित्रबाट हात झिकेकी थिइन् । दाल भात तरकारीको छायंकन आधा नहुदै उनि अर्को चलचित्रमा पनि काम गर्ने पक्का भएको छ । उनै ‘नाई नभन्नु ल ५’का निर्देशक विकासराज आचार्यले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा पनि निरुताले काम गर्ने पक्का भएको हो । 

चलचित्रका लागि निरुता फाइनल भइसकेको निर्देशक विकाशराज आचार्यले बताए । लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा यस अघि नै नायक आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत बाल कलाकार अनुभव रेग्मी फाइनल भइसकेका छन् । विकासले उनले निर्माण गर्ने प्राय चलचित्रहरुमा नयाँ नायकलाई डेव्यु गराउने गरेका छन् । यस पटकको चलचित्रमा पनि सो कार्यलाई उनले निरन्तता दिएका छन् । चलचित्रमा नव नायक अखिलेश प्रधानले डेव्यु गर्दै छन् । चलचित्र मंसीर २६ गतेबाट फ्लोरमा जाने बताइएको छ । काठमाण्डौ,पोखरा,दमौली,नारायणघाट,दमक,बिर्तामोड र सिक्किम लगायतका स्थानहरुमा चलचित्रको छायङ्कन गरिने निर्देशक आचार्यले बताए । 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस