Tuesday, 26 Oct
01:00:00

नारायण गोपालको २८ औं स्मृति दिवस आज

2018/12/05   Gufgaf

आज मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । 


आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनले स्वर सम्राटको उपाधी पनि पाएका थिए । एनलाइ अmभै पनि स्वर सम्राटको उपनामले चिनिन्छ ।
विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए ।


उनले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाएका छन । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् ।  
नारायण गोपाल संगीत कोषले प्रत्येक बर्ष उनको स्मृति दिवसका दिन बिभिन्न सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । 
 


ताजा समाचार

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस

पुजा लाजले भुतुक्कै

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहे पुरा पढ्नुहोस