Tuesday, 26 Oct
01:00:00

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहाना रोमान्टिक मुडमा

2018/12/05   gufgaf

यति बेला चलचित्र ‘ए मेरो हजुर ३’ को छायंकन भइरहेको छ । झरना थापाले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको मुख्य भुमिका छ । अनमोल र सुहानाले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । सुहानाले भने यसै चलचित्रबाट चलचित्र नगरीमा डेव्यु गरेकी हुन् । 

 

 

यो चलचित्र चैत २९ गते बाट प्रदर्शनमा आउने पक्का भइसकेको छ । सोहि दिन सलिनमान बानिया अभिनित चलचित्र यात्रा पनि प्रदर्शनमा आउने पक्का भएको छ । यसै विच चलचित्रको छायङ्कनका क्रममा खिचिएका केहि तस्विर सार्वजनिक भएका छन् ।  अनमोल र सुहाना निकै रोमान्टिक मुडमा देखिएका छन् । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको बताइएको छ । 

 

 

रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । सार्वजनिक सात तश्बिरले दर्शकमा फिल्मप्रति अझ उत्सुकता बढाउने देखिएको छ । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । फिल्ममा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । यसलाई म्यूजिकल लभस्टोरी बताइएको छ । उक्त फिल्मलाई निर्देशक झरना थापाले निर्देशन गरेकी छन् । 

 

चलचित्रमा एक स्टार गायक र  उनको फ्यान बिचमा हुने प्रेम सम्वन्ध र त्यस बिचमा आइपर्ने उतार चडापहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्र सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुनिल कुमार थापा सुहाना थापाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहाना सगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस