Tuesday, 26 Oct
01:00:00

दीपाश्रीले बाहिरि ब्यानरमा काम गर्ने !

2018/12/05   Gufgaf

मंगलबार सिनेमा छक्का पञ्जा ३ ले प्रदर्शनको ५१ दिन पुरा गरेको अवसरमा सक्सेस पार्टीको आयोजना गरिएको थियो । यस कार्यक्रममा कलाकार र मिडियाको बाक्लो उपस्थिती रह्यो । कार्यक्रममा छक्का पञ्जा युनिटले प्राविधिकलाई बोनस वितरण गरेको थियो भने कलाकारहरुलाई मायाको चिनो ।

कार्यक्रममा बोल्दै सिनेमाकी निर्देशक दीपाश्री निरौलाले आफूलाई दर्शकहरुले नै ह्याट्रिक गर्ने निर्देशक बनाईदिएको उल्लेख गरिन् । साथै उनले यो टिममा जस्तै तपाईँले बाहिरि ब्यानरमा काम गरेर यस्तै सफल सिनेमा दिन सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै राम्रो स्क्रिप्ट र टिमले प्रस्ताव राखेको खण्डमा आफू बाहिरि ब्यानरका सिनेमा निर्देशन गर्न पनि तयार भएको बताईन् ।

दीपाले कुनै पनि काम सफल हुनमा टिमअप एकदमै राम्रो हुनुपर्ने भन्दै आफ्नो हातको पाँच वटा औँला देखाउँदै एउटा औँलाले मात्रै केही पनि गर्न नसकिने बताईन् । उनले नपाली सिनेमाहरु निर्माण गर्दागर्दै आर्थिक अभाव भएर निर्माण कार्य बिचमै रोकिने गरेको कुरा धेरै सुनिने गरेको भन्दै त्यसो हुनुभन्दा आफ्नै घरको सिनेमामा काम गर्न राम्रो हुने पनि उल्लेख गरिन् ।

आफूलाई घरबाटै राम्रो सिनेमा बनाउले अवसर मिलिरहेको बेला बाहिर किन जानु भन्दै पहिले घरकै सिनेमा निर्देशन गर्ने र छिमेकीको सिनेमामा हात नहाल्ने बताईन् । कुराकानीमा दीपाले छक्का पञ्जा ३ ले सय दिन भने नमाउने पनि उल्लेख गरेकी छिन् । सिनेमाले ५१ दिन मनाउनु नै ठूलो कुरा भएको भन्दै सिनेमाको सफलतामा दीपा खुशी देखिईन् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस